असोज ०६, २०८१, आइतबार
               

४० वर्ष हराएका दुर्गाप्रसादको ८५ वर्षीय आमासँग भेट

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं  । ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन व्यतीत गरेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)को आमासँग भेट भएको छ । 

माई नगरपालिका-१०लुम्बाकस्थित घर पुगेसँगै ८५ वर्षीय आमा र दुर्गाको भेट भएको हो । लामो समय अलग भएका छोरासँगको भेटले आमा पनि खुसी भएकी छिन् । 

दुर्गाप्रसाद आइतबार आइपुग्ने खबरसँगै उनकी आमा, आफन्त र गाउले भेला भएका थिए । 

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) कोलकातास्थित दमदम जेलबाट मुक्त भएका हुन् । दुर्गा प्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेका थिए ।

उनका भाइका अनुसार उनको मुद्दाको अन्तिम फैसला भने भइसकेको छैन । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । 


कस्तो लाग्यो ?

यो पनि