असोज ०६, २०८१, आइतबार
               

जिप दुर्घटना हुँदा सातजना घाइते

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार  सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सदमुकाम बजारतर्फ जाँदै गर्दा  लु. १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार जिप सडकबाट २५ मिटर तल खसेको थियो । घाइते केहीको सन्धिखर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि