बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम : केही स्थानमा सफा रहने

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ भने प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि