असोज ०६, २०८१, आइतबार
               

बागमती सफाइ महाअभियान ४१० औँ हप्तामा

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

बागमती सफाइ महाअभियानको ४१० औँ हप्तामा बागमती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।

सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर बागमतीका सहायक नदीसमेत सफाइ सुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि