जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज देशका तराइका सथानमा मौसम सामान्य रहेको छ भने केही उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली  रहि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ को पहाडी भू–भागको एक– दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि