महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएका हुन् ।
राजीनामापछि राजनीतिमा आउने बुझिएकाे छ । स्राेतका अनुसार नेकपा एमालेकाे केन्द्रिय सदस्य भई झापाबाट खरेलले आगामी निर्वाचनका लागि तयारी गर्ने स्रोतले जनायो ।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् । वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए ।