असोज ०६, २०८१, आइतबार
               

सडक कालोपत्रे गर्न १५ बन्द सवारी आवागमन

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

पर्वत । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनको लागि सवारी आवागमन बन्द गरिने भएको छ ।

अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ गतेदेखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो । पूर्वाधार विकास कार्यालयले आरसिसी ढलानको काम हुने र सवारी आवतजावत गर्दा ढलान भत्कने तथा क्षतिग्रस्त हुने भएकाले सवारीसाधन सञ्चालन गर्न नमिल्ने जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले सडकको गुणस्तर नबिग्रियोस भनेर पूर्णरूपमा सवारी आवजावत बन्द गरिने जानकारी दिनुभयो ।

उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ । सडक बन्द हुँदा पकुवा, आर्थर, ठूलीपोखरी, कार्किनेटा, थापाठाना, खौलालाकुरीलगायतका क्षेत्रका यात्रुलाई समस्या पर्ने भएको छ ।

सडक बन्द हुँदा सिल्मी हुँदै साइकलचोक–गहतेपोखरा–लाम्पाटा–ठूलीपोखरी सडक प्रयोग गर्न सकिने छ । उक्त सडक केही किलोमिटर लामो भए पनि गुणस्तरीय रहेकाले सोही मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि