असोज ०६, २०८१, आइतबार
               

बर्दियामा मान्छेको ज्यान लिने अर्को पनि पाटेबाघ समातियो

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । बर्दियामा पटक–पटक मान्छेलाई आक्रमण गरेर ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको हो ।

बिहीबार दिउँसो राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्राप्त जानकारी अनुसार मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामूदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो । यसअघि पनि गत बुधबार बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो ।

एक साताअघि मधुवन नगरपालिका– ३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले ज्यान लिएपछि निकुञ्जले त्यस क्षेत्रमा आठवटा क्यामेरा जडान गरेको थियो । बिहीबार नियन्त्रणमा लिएको बाघ क्यामेरामा चारपटक कैद भएपछि प्राविधिक टोली खटाएर त्यसलाई नियन्त्रणमा लिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि