असोज ०६, २०८१, आइतबार
               

प्रधानसेनापति थापा र युरोपियन राजदूत नोना डिप्रेजबीच भेटवार्ता

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्तामा युनियन र नेपालबीचको सम्बन्ध तथा आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त भेटवार्ताले नेपाल र युनियनबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

यो पनि