असोज ०६, २०८१, आइतबार
               

मान्छे खाने बाघ बर्दिया राष्ट्रिय टोलीको नियन्त्रणमा

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाेर्ण शर्माका अनुसार टोलीले बिहीबार अन्दाजी १० वर्षको भाले पाटेबाघ ​टोलीले नियन्त्रणमा लिएको हो । 

उनका अनुसार सो बाघ डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण काेष र बर्दिया राष्ट्रिय निकुञ्जकाे टाेलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट बाघ नियन्त्रणमा लिएको हो । यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ । मंगलबार मात्रै  एक महिलामाथि पाटेबाघले आक्रमण गरी ज्यान लिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि