असोज ०६, २०८१, आइतबार
               

मलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै चलखेल भएको थियो : कार्की

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै चलखेल भएको बताएकी छन् ।

बुधबार कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको स्वाभिमान सम्मानसत्रलाई सम्बोधनका क्रममा पूर्वप्रधानन्याधीश कार्कीले सो बताएकी हुन् । 

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधानन्यायाधीश कार्की २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म प्रधानन्याधीश बनेकी थिइन् । २०७४ साल वैशाख १७ गते व्यवस्थापिकामा उनीमाथि महाअभियोगको प्रस्तावको सूचना दर्ता भएको थियो । 

आफू सेवामा रहँदा वकालत पेसामा महिला निकै कम भएको पनि बताउने कार्की सेवा निवृतिपश्चात् राजनीतिक, आर्थिक,समाजिक,महिला विभेदजस्ता मुद्दामा आवाज उठाउँदै आएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि