बैशाख २४, २०८१, सोमबार
               

सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, सात घाइते

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं  । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–७ करङडाँडामा बा. १७ च. १११७ नम्बरको जिप पौने चार बजे सडकबाट करिब ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमा मृत्यु हुनुको साथै सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा कमलामाई नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनीष श्रेष्ठ छन् । 

सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । प्रहरीका अनुसार सो जिपमा ११ जना सवार थिए ।

यो पनि