असोज ०६, २०८१, आइतबार
               

आमासँगै कर्णालीमा हाम फल्न बाध्य पाँच वर्षीय रजनीको शव भेटियो

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । फागुन २३ मा आमासहित कर्णाली नदीमा हामफालेकी पाँच वर्षीया बालिका रजनी बडुवालको शव नौ दिनपछि भेटिएको छ।  

प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा उनको शव भेटिएको हो। कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टमका अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइने डिएसपी श्रेष्ठले जानकारी दिए। 

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात् फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो।

त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो। 

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। सुकीका छोरी १४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा सात मा पढ्थिन। यस्तै, १२ वर्षीया सरिता कक्षा पाँच, १० वर्षका ललित कक्षा ३ र  पाँच वर्षीया रजनी कक्षा एक मा पढ्थिन्।

पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको प्रहरी अनुसन्धानले देखाएको छ। आफ्नो मृत्युपछि सन्तानलाई पतिले झन् दुःख दिने भयका कारण सुकीले यस्तो गरेको हुन सक्ने स्थानीयले प्रहरीको अनुमान छ । 


कस्तो लाग्यो ?

यो पनि