जेठ ०५, २०८१, शनिबार
               

बल्खु सुकुम्बासी टोलमा एक महिलाको हत्या

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

बल्खुकाे सुकुम्बासी टोलमा एक महिलाकाे शव भेटिएकाे छ । सोमबार साँझ साढे ७ बजे टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा प्रहरीले फेला पारेकाे हाे ।

मृतक अन्दाजी ३२-३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन् । उनका श्रीमान सन्तोष सापकोटा भन्ने यज्ञ सापकोटा फरार रहेकाे प्रहरीले जनाएकाे छ । उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए । सोमबार भने उनीहरू बल्खु पुगेका थिए।

श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने प्रहरीको आशंका छ । यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छ । अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि