जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम : केही स्थानमा चट्टयाङसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलनामा फेरबदल भइ केही तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा केही चिसो कायम रहनुका साथै हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । यस्तै, देशको पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि