जेठ ०५, २०८१, शनिबार
               

आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । सोमवार बिहान विद्युतकाे तार सर्ट भएर लागेकाे आगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ । 

आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।  लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि