असोज ०६, २०८१, आइतबार
               

बहराइनका राजकुमारको टोली नेपाल आइपुग्यो

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेका छन् ।  उनीहरू सगरमाथा आरोहणका लागि नेपाल आएका हुन् । राजकुमारको टोलीले गत अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो ।

टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक समेत रहेको बताइएको छ । आरोहण टोली ८० दिन नेपालमा बस्नेछ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहित दूतावास परिवारले सोमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि