असोज ०६, २०८१, आइतबार
               

विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।

गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन सुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् । 

ताँजाकोट–२ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा विष्णुदेवी शर्माले भनिन्, ‘कोरोनाको त्रासपछि विद्यालयमा पठनपाठन सुरु भए पनि कक्षा कोठा नहुँदा दैनिक चौरमा अध्ययन गर्नुपरेको छ’, । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवैलाई कठिन हुने शर्माले गुनासो गरिन् ।

बर्खाको पहिरोपछि अधिकांश विद्यालयका भवनमा क्षति पुगेकाले विद्यार्थीले चौरमा अध्ययन गर्नु परिरहेको छ । यहाँका अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरे पनि कुनै सुनुवाइ हुन नसकेको बताइएको छ ।

पानी परेका दिन पठनपाठन बन्द गर्नु बाध्यता छ भने कक्षा ६, ७, ११ र १२ का विद्यार्थीले खुला चौरमा पठनपाठन गर्दै आएका छन् । कक्षा ८, ९ र १० का विद्यार्थी भने क्षति पुगेकै भवनमा जेनतेन अध्ययन गर्दै आएका छन् । 

विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भवन निर्माणका लागि प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था भए पनि स्थान छनोट हुन नसकेको कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि