असोज ०६, २०८१, आइतबार
               

नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान छ : महत

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

कैलाली । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपालका आदिवासी, जनजातिलगायत विभिन्न जातजाति बिना नेपालले पूर्णता पाउन नसक्ने बताए ।

उनले नेपाल भूगोलका कारणले मात्र नभई यहाँको धर्म, संस्कृति, सभ्यतालगायत तमाम कुराले नेपाल चिनिएको हो, त्यसको केन्द्र विन्दुमा मगर जाति रहेको बताए । सहमहामन्त्री महतले सम्पूर्ण भाषा, संस्कृति, सभ्यता, धर्मको एउटा साझा केन्द्र विन्दुबाट नै नेपाल राष्ट्र निर्माण भएको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले नेपालको सन्दर्भमा मात्र नभई विश्वमा नेपालीको पहिचानलाई उच्च बनाउन मगर जातिको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालका मगर, जनजातिलाई गोलबन्द गरेर एकीकरणको प्रक्रिया शुरु नगरेको भए विश्वको मानचित्रमा अहिलेको नेपाललाई राष्ट्रका रुपमा गौरव गर्न सक्दैनथ्यौँ ।’

नेपाल राष्ट्रिय मगर संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष खडक बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता रामजनम चौधरी, सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा. रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलगायतले मन्तव्य राखे ।


कस्तो लाग्यो ?

यो पनि