बैशाख १७, २०८१, सोमबार
               

जरायोको सिङसहित दाङबाट  महिला पक्राउ

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले दाङबाट जरायोको सिङसहित एक  महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका–४ पृथ्वीनगरकी २८ वर्षीया सीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

ती महिलालाई आइतबार बिहान  पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट पाँचवटा जरायो जस्तो देखिने ओखेटोपहार बरामद गरिएको छ ।

दुई फिट चार इन्च लम्बाई र तीन हाँगा भएको सिङ एक थान, दुई फिट ६ इन्च लम्बाई र तीन हाँगा भएको एक थान, ३२.५ सेन्टिमिटर लम्बाई तीन हाँगा भएको एक थान, ३४ सेन्टिमिटर लम्बाई भएको दुई सिङमा चार हाँगा भएको एक थान, ४.५ इन्च लम्बाई दुई वटा सिङ एकैमा हाँगा नभएको एक थान गरी जम्मा पाँचवटा ओखेटोपहार बरामद गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि