बैशाख २३, २०८१, आइतबार
               

बोक्सीको आरोपमा ६० वर्षीया वृद्धालाई बाँधेर कुटपिट

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

मोरङ ।  मोरङको रतुवामाई नगरपालिका–२ डोरीयामा एक ६० वर्षीया महिलामाथि बोक्सीको आरोपमा गाईं बाँध्ने किलोमा बाँधेर कुटपिट भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति १० बजे उनका आफ्नै परिवारका पाँच सदस्य मिलेर उनीमाथि कुटपिट गरेका हुन् । ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले उनलाई बाँधेर कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

कुटपिट गर्नेमध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका जेठा दाजु श्यामलालसिंह गनगाईंका छोरा हुन् । श्यामलालको भने यसअघि नै निधन भइसकेको छ । हैरानी भीमलालकी छोरी हुन् । 

उनको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ । 

घटनामा संलग्नमध्ये लखनलाल र हैरानी पक्राउ परेका छन् ।प्रहरीका अनुसार उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्न अन्य तीन जना फरार छन् । उनीहरुको खोजी कार्य भइहरेको प्रहरीले जनाएको छ।  

तर, वडाध्यक्ष किरणसिंह गनगाईं भने बोक्सीको आरोपमा कुटपिट नभएको दाबी गर्छन् । 


कस्तो लाग्यो ?

यो पनि