असोज ०६, २०८१, आइतबार
               

सुनसरी वराहक्षेत्रमा आगलागी हुँदा नौ लाखबराबरको क्षति

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ मा रहेको एक कृषि फार्ममा आगलागी हुँदा नौ लाखबराबरको क्षति भएको छ ।

आइतबार बिहान सो फार्ममा एक्कासि बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो । 

आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्ममा रहेका चारवटा भैँसी  दुईवटा बोकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएका छन् । 

घाइते कार्कीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्थानीयवासी, वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि