जेठ ०४, २०८१, शुक्रबार
               

सिरहा बम विस्फोट(अपडेट): गोइत समूहको पर्चा भेटियो

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

सिरहा ।  सिरहा मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी सात जना घाइते भएका छन् । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन् । भण्डारीको अवस्था गम्भीर छ । घाइते हुनेमा दुई जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन् ।

भिडयो (स्रोत सामाजिक सञ्जाल)

मालपोत कार्यालयको माथिल्लो तलाको हलमा केही बेरअघि (आइतबार) बम विस्फोट भएको थियो । प्रदेश २ प्रहरी कार्यालयका अनुसार घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सो समूहले सर्लाही जिल्लाको मलंगवास्थित नापी कार्यालयमा कुकर बम विष्फोट गराएको थियो । सो विस्फोटमा परी नापी अधिकृत ४० वर्षीय नागेन्द्र रायसहित आठ जना सेवाग्राही घाइते भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि