जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको गतिविधिबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलनामा परिवर्तन भइ केही तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा चिसो कायम रहनुका साथै हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । साथै, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

त्यसैगरी राति पनि देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने छ भने गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि