असोज ०६, २०८१, आइतबार
               

जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा शुक्रबार राति ११ बजे ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेहुला र बेहुली भने अर्को गाडीमा रहेकाले उनीहरु सुरक्षित छन् । उक्त दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार बस राप्ती सोनारी–३ खैरेनीबाट बेहुली लिएर दाङ देउखुरीको मौरीघाट जाँदै गरेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारी गाउँपालिकाकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यो पनि