जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम : चट्टयाङसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदल भइ केही भू–भागमा गर्मी र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली  रहने छ  भने देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 यसैगरी राति पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा  रहने छ ।

साथै, गण्डकी, बागमती प्रदेश र प्रदेश  १ को पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि