बैशाख २०, २०८१, बिहीबार
               

कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

दैलेख । कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सो बसमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–१ स्यालाकोटमा  बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।बस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको थियो । 

मृत्यु हुनेमा कालिकोटकाे साविक भर्ती गाविस वडा नम्बर ९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् ।

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य इतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइहरेको छ । 

यो पनि