जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलाको तुलनामा फेरबदल भइ देशका केही स्थानमा सफा रहने छ भने उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति  पनि सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि