असोज ०६, २०८१, आइतबार
               

अनशनरत अधिकारीको जीवन रक्षाको माग

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीरअस्पतालमा अनशनरत छिन् । उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले आज यहाँ पत्रकार सम्मेलन गरी अपिल गरेका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा डा कपिल श्रेष्ठले गङ्गामायाले देशमा न्यायका लागि शान्तिपूर्ण सङ्घर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गरे । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले अनशनरत गङ्गामाया लामो समयदेखि न्यायका लागि अनशन बस्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाए ।

अधिवक्ता दिनेश त्रिपाठीले गङ्गामायाको जीवन सङ्कटमा भएको बताए । न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले ‘हत्यामा संलग्नलाई कारवाही हुनुपर्छ’ भने । 


कस्तो लाग्यो ?

यो पनि