असोज ०६, २०८१, आइतबार
               

कुमारी निवास पुनःनिर्माण हुने

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताए ।

उनले भने, “कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ ।”  महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा चार करोड ५५ लाखमा उक्त काम अघि बढाइने भएको बताए ।

उनले भने,“सो घर निर्माण हुने भएसँगै कुमारीलाई भने नजिकै रहेको रत्नाकर महाविहारमा राखेका छौं ।” कुमारीलाई महालक्ष्मीका साथै महादेवीका रुपमा पुजिने गरिएको बज्राचार्यले जानकारी गराए ।

लिच्छविकालीन समय गुणकामदेवको पालादेखि ललितपुरमा कुमारी स्थापना गर्ने चलन रहेको बज्राचार्यको भनाइ छ । कुमारीलाई मन्दिर बनाएर शिलामा जीवित देवीका रुपमा समेत पुज्ने गरिन्छ । नेवार समुदायका मानिसले कुमारीलाई हरेक वर्ष रातो मच्छिन्द्रनाथ जात्राका साथै बुद्धजयन्ती अनि ठूला ठूलामा जात्रामा पनि पुज्ने गर्छन् । सरकारले पहिचान गरेका २८ सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माण अन्तर्गत सो कुमारी निवास र कुमारी छें संरक्षणमा ध्यान दिइएको हो ।


कस्तो लाग्यो ?

यो पनि