असोज ०६, २०८१, आइतबार
               

लोक सेवा आयोगको खरिदार पदमा विज्ञापन प्रकाशित

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । लोक सेवा आयोगको ठूलो संख्यामा खरिदार पदमा विज्ञापन प्रकाशित भएको छ ।

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदको लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने बताइएको छ । 

आयोगका अनुसार १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुन पर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि