असोज ०६, २०८१, आइतबार
               

जेठ १३ गतेदेखि एसइई परीक्षा सुरु हुने, तालिका सार्वजनिक

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी जेठ १३ गतेदेखि वि.स २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबारको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

सोहि निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ ।

बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि