बैशाख २३, २०८१, आइतबार
               

कर्णालीमा हामफाल्ने थप दुईजनाको शव भेटियो

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

आइतबार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँच जनामध्ये थप दुई जनाको शव फेला परेको छ ।

बेपत्ता रहेका आमा सुकु बडुवाल, छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवालको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आज (मंगलबार) दिउँसो १२ बजेतिर दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।

सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललित बडुवालको शव फेला परेको हाे । अझै ७ वर्षीया रजनी बडुवाल बेपत्ता छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आमा सहित बेपत्ता भएका मध्ये १५ वर्षीया कल्पना वडुवाल र १२ वर्षीया सरिता बडुवालको शव सोमबार दिउँसो फेला परेको थियो।

जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरू १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाल सोमबार साँझ घरबाट निस्किएपछि बेपत्ता थिए ।


कस्तो लाग्यो ?

यो पनि