असोज ०६, २०८१, आइतबार
               

जनता आवास : २८६ घर निर्माण हुँदै

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँका १० स्थानीय तहमा गरी २८६ घर निर्माणाधीन अवस्थामा रहेका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार चार नगरपालिका शुक्लागण्डकीमा ६३, व्यासमा ४४, भिमादमा ३५, भानुमा ३५ रहेका छन् । त्यसैगरी छवटा गाउँपालिका घिरिङमा २५, म्याग्देमा २२, देवघाटमा २१, ऋषिङमा १५, बन्दीपुरमा १३ र आँबुखैरेनीमा १३ घर निर्माण भइरहेका छन् ।  

निर्माणका क्रममा रहेका घरको ५० प्रतिशत काम पूरा भइसकेको कार्यालयका इञ्जिनीयर विजय अधिकारीले जानकारी दिए । जनता आवास कार्यक्रमको सदस्य सचिवसमेत रहेका उनले रकम भुक्तानीका लागि सङ्घीय सरकारले पर्याप्त बजेट नपाएकाले घर निर्माण कार्य प्रभावित भएको बताए ।

एक करोड ३९ लाख मात्रै बजेट निकासी भएको छ । उनले भने, “करीब दुई करोड थप रकम भुक्तानीका लागि आवश्यकपर्ने देखिएको छ ।” जग खनेपछि ८३ हजार १२५, डिपिसी गरेपछि दोस्रो किस्ता ९९ हजार ७५०, गारो मेटाएपछि तेस्रो किस्ता एक लाख १६ हजार ३७५ र निर्माण पूरा भएपछि अन्तिम किस्ता ३३ हजार २०० प्राप्त गर्ने प्रावधान रहेको छ ।

कार्यक्रमअन्तर्गत घर निर्माण भएका अल्पसङ्ख्यक, सिमान्तकृत, पिछडिएका, दलित समुदायले तीन लाख ३२ हजार ५०० प्राप्त गर्ने प्रावधान रहेको छ । जनता आवास कार्यक्रमले घर निर्माणका लागि सहयोग गरेपछि खुशी लागेको व्यास नगरपालिका–१ भादगाउँका खुमबहादुर दरैले बताए

खरको छानामुिन बाँसले बारेको घरमा बस्नुपरेको थियो । उनले भने, “घर बनेपछि हावाहुरी र पानी वर्षा हुँदा कठिनाइ भोग्दै आएको समस्याको अन्त्य हुने विश्वास गरेको छु ।”


कस्तो लाग्यो ?

यो पनि