जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम : चट्टयाङसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका तराई क्षेत्र र अन्य केही स्थानमा सामान्य परिवर्तन भइ उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू–भागहरुमा सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । साथै,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक–दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी राति पनि देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू–भागहरुको एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि