बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्रीले बटम थिचेपछि मेलम्ची सुरुङको पानी सुन्दरीजलमा खस्यो (तस्वीरसहित)

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । फागुन १० गते मेलम्ची खानेपानीको सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । 

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेसँगै आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो ।

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै लड्डु यतिखेर खाने भनी कटाक्ष गरे। 

प्रधानमन्त्री ओलीले भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुसी यस्तो बेलामा हुनुपर्छ ।’

सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि नेकपाका प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाउँदै खुसीयाली मनाएका थिए ।

खानेपानी मन्त्री मणि थापाले संयोजन गरेको कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङलगायतका नेताहरू सुन्दरीजल पुगेका थिए । मन्त्री थापाको छोटो समयको पहलकदमीमा आयोजनाले छिट्टै प्रगति गरेको हो ।

मेलम्ची आयोजना विसं २०६४/६५ मा सक्ने योजनाअनुरुप सुरुवात भएको थियो । तर, आयोजना सक्ने निर्धारित समयभन्दा एक दशक भन्दा बढी समय व्यतीत भइसके पनि  काठमाडौंवासीको मेलम्चीको पानी खाने सपना अधुरै छ । 

 

 


कस्तो लाग्यो ?

यो पनि