जेठ ०५, २०८१, शनिबार
               

धनगढीमा आगलागी, आगो नियन्त्रण बाहिर

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन।

गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल आए पनि दमकलमा पानीकाे अभाव भएकाे बताइएकाे छ । आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो करिव १२ बजेबाट आगलागी सुरु भएकाे हाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाली सेना, स्थानीयसहित आगो नियन्त्रणको प्रयास गरिरहेकाे छ । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि