जेठ ०७, २०८१, सोमबार
               

छोरीलाई पाँच वर्षयता बलात्कार गर्दै आएका बुबा पक्राउ

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

पूर्वीनवलपरासीमा आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३८ वर्षीय बुबाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेको घटना गाउँभर फैलिन थालेपछि उनी तीन महिनाअघि भारततिर भागेका उनी तीन महिनापछि घर फर्किएका थिए ।

पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि