जेठ ०५, २०८१, शनिबार
               

चितवनको एक फर्निचर उद्योगमा भीषण आगलागी

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति भीषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । 

आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए। 

राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि