जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन भइ तराइका अधिकांश क्षेत्रमा गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

यसैगरी राति पनि प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ ।

साथै, बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडीरहिमाली भू(भागहरुको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि