बैशाख ०७, २०८१, शुक्रबार
               

एसिड आक्रमणकी मुस्कानलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । गत वर्ष २०७६ सालमा एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुने भएकी छन् । एसिड आक्रमणकी पीडित  खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको हो ।

नेपालस्थित अमेरिकी दुतावसले पीडितलाई सो पुरस्कार प्रदान गर्ने जनाएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा एसिड आक्रमण गरेका थिए ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ । 


कस्तो लाग्यो ?

यो पनि