असोज ०५, २०८१, शनिबार
               

चिडियाघरमा रहेकाे एउटा गैंडाकाे पालनपोषणकाे जिम्मा प्रधानमन्त्रीले लिने

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षको खाना, उपचारलगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिने भएका छन् ।

नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत एउटा गैंडाको वर्षभरीको सम्पूर्ण खर्चको जिम्मा लिएका हुन् । उनले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै विभागीय मन्त्रीलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिए । 

बुढाबुढी अशक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उनले बताए । आफूले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाए । मानिसलाई सहयोग गर्न मानिसहरू तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्धतिको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताए ।

कार्यक्रममा कोषका सदस्य सचिव शरदराज अधिकारीले कोषले सरकारको लक्ष अनुसार संरक्षित क्षेत्रको संरक्षण तथा विस्तारमा उत्साहका साथ काम गरिरहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि