असोज ०५, २०८१, शनिबार
               

झापामा सवारीसाधन दुर्घटनामा परी दुईको मृत्यु

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । झापाको कनकाई नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारीसाधन दुर्घटनमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना सख्त घाइते भएका छन् । 

 सुरुंगा–माई सडक खण्डमा प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार र ग्यास बोकेको ट्रक एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा सो दुर्घटना भएको थियो ।

प्रहरीले ट्रकले कारलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । अनियन्त्रित ट्रकमा प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल पनि ठक्कर खाएको थियो ।

दुर्घटनामा कारका चालक धरान १६ का दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बुका दीलिप रानाको घटनास्थलमै मृत्यु भएको छ भने सोलुखुम्बुकै अन्य दुई जनाको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि