असोज ०५, २०८१, शनिबार
               

राजी समुदायले सञ्चालन गरे होमस्टे

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोपोन्मुख राजी समुदायले होमस्टे सञ्चालन गरेका छन् ।

लोपोन्मुख सीमान्तकृत समाज उत्थान नेपालका अध्यक्ष एवं होमस्टे सञ्चालक लालबहादुर राजीका अनुसार राजी समुदायको रहनसहन भेषभूषा र सांस्कृतिक फरक रहेका कारणले पर्यटक प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा ल्याइएको  हो ।

वीरेन्द्रनगर–१०, दीपनगरस्थित राजी बस्तीमा सञ्चालन गरिएको होमस्टेमा पाहुनालाई राजी जातिका परम्परागत खानाका परिकार खुवाइनेछ । राजी संस्कृति अवलोकन गर्न र मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यका लागि होमस्टे सञ्चालनमा ल्याइएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि