बैशाख १७, २०८१, सोमबार
               

पूर्वमन्त्री भट्टराईले गरे आगलागी पीडितलाई ५ लाख सहयोग

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

ताप्लेजुङको फुङलिङ दोभान बजारमा भएको आगलागी पीडितलाई पूर्वमन्त्री योगेश भट्टराईले व्यक्तिगत रुपमा पाँच लाख सहयोग गर्ने भएका छन् ।  उनी ताप्लेजुङबाट निर्वाचित सांसद हुन् ।

मंगलबार बिहान भीषण आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका छन् । पीडितको उद्धारका निम्ति भट्टराईकै संयोजकत्वमा राहत संकलन समिति बनाइएको छ । काठमाडौंमा बस्नेहरू समेटेर राहत संकलन समिति गठन गरिएको हो । 

आजै भट्टराईसहितको टोली गृहमन्त्रालय पुगेर पुनर्स्थापनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयले स्थानीय प्रशासनमार्फत् जनही १५ हजारका दरले राहत दिने हिजै घोषणा गरिसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि