कात्तिक २६, २०८१, सोमबार
               

आजदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए–गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ ।

सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौं उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ । 

यो पनि