असोज ०५, २०८१, शनिबार
               

श्रृष्टि केसी काँचको पर्दामा पनि

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । मोटिभेस्नल स्पिकरको रुपमा चर्चित ‘ब्लाईण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा देखिएकी छिन् । मर्यादा मिडिया प्रालिको प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर उनी काँचको पर्दामा देखा परेकी हुन्। 

उनको टक शो विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषयवस्तुमा आधारित हुनेछ । 

डान्सिङ रियालिटी शोमा दर्शकको मन जितेकी उनले आफ्ना लागि टक शो ठूलो चुनौती हुनसक्ने बताउँदै निराश प्रतिबद्धता गरिन् । 

मर्यादा मिडियाले कार्यक्रम नयाँ वर्ष २०७८ सालको दोस्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रशारण गर्ने बताइएको छ । कार्यक्रमको ५ अंक छायांकन गरिसकिएको छ।

को हुन् सृष्टि केसी 
सृष्टि केसीले १६ वर्षको उमेरमा दृष्टि गुमाएकी हुन्। आँखाको सामान्य एलर्जीले सताए पछि उनी अभिभावकसँग अस्पताल गएकी थिइन्। डाक्टरले ’स्टेरोयड’ सम्बन्धि औषधि दिए पछि त्यसको नकारात्मक प्रभावले उनको आँखामा जलविन्दु भयो। जसका कारण उनले सदाका लागि आँखाको ज्योति गुमाइन्।

साहित्य, गायन र विशेषगरी नाच्नमा रुची राख्ने सृष्टि, मोटिभेस्नल स्पीकरको रुपमा देशविदेशमा प्रख्यात छिन् उनी । त्रिभुवन विश्वविद्यालयको ०६५ सालको स्नातक परीक्षामा नेपाली साहित्य विषयमा विश्वविद्यालय ‘टपर’ सृष्टिले नर्वेजियन विश्वविद्यालयबाट ‘डान्स एन्थ्रोपोलोजी’ मा स्नातकोत्तरसमेत  गरेकी छिन्।

सृष्टिको संस्था ‘ब्लाइण्ड रक्स्’ ले दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिलाई सिप सिकाउने, व्यक्तित्व विकासमा मद्दत पुर्‍याउने, आत्मबल बढाउनेलगायत काम गर्दै आएको छ । देशका विभिन्न स्थानमा ‘ब्लाइण्ड रक्स्’ले आफ्नो गतिविधि बढाइरहेको छ। 

सृष्टिको जीवनमा आधारित ‘ब्लाईण्ड रक्स्’ वायोपिक बनिसकेको छ। सृष्टिले विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छन्।


कस्तो लाग्यो ?

यो पनि