बैशाख ०७, २०८१, शुक्रबार
               

घूस लिएको ८ लाख फालेर गाउँपालिका अध्यक्ष फरार

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

धनुषा । बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् ।

भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घूस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा सडक छेउमा फालेर फरार भएका हुन् । 

उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्कोर्पियो गाडीमा ८ लाख रकम लिई भाग्ने क्रममा अख्तियारकाे टोलीले भेटेका हुन् । 

अख्तियारको टोलीले आठ लाख रुपैयाँसहित गाउँपालिकाका अध्यक्षका चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको छ । 

यो पनि