जेठ ०५, २०८१, शनिबार
               

आगलागीमा परी २ जनाले ज्यान गुमाए

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत १५ वर्षीय एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।

यता महाेत्तरीकाे बर्दिवास न.पा.- ७ प्रेमनगर बस्ने वर्ष ३५ की एक महिलाकाे पनि आगलागी परी मृत्यु भएकाे छ । घरको आँगनमा बालेको आगो ताप्ने कममा निजले लगाएको सारीबाट आयो सल्किएपछि उनकाे उपचारकाे क्रममा किर्तिपुर अस्पताल काठमाडौंमा मृत्यु भएकाे हाे । 

यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनको माडी नगरपालिका-७ देवेन्द्रपुर शिवालय मन्दिर नजिक बस्ने ४८ वर्षीय टोकप्रसाद गौडेलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दैलेखकाे ढुंगेश्वर-३ मा एक घरमा आगलागी हुँदा १ लाख ५९ हजार बराबरकाे क्षति भएकाे छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ स्थानमा आगलागी भएकाे हाे । उक्त आगलागीबाट  ३८ लाख ९० हजार बराबरकाे क्षति भएकाे छ । उक्त क्षति ९ स्थानकाे हाे भने २ स्थानकाे क्षतिकाे विवरण आउन बाँकी रहेकाे प्राधिकरणले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि