बैशाख २८, २०८१, शुक्रबार
               

बाबुरामलाई क्यान्सर नभएको पुष्टि, छिटो अपरेसन गरेर ट्यूमर फाल्न सुझाव

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई क्यान्सर नभएकाे पुष्टि भएकाे छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको हाे । दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री भट्टराईमा क्यान्सर नदेखिएको चिकित्सकहरूले पुष्टि गरेका हुन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । ट्युमरलाई ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।

फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईको स्वास्थ्य परीक्षण भइरहेको थियो । भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए । 


कस्तो लाग्यो ?

यो पनि